लयमा नेपाली मूलका जय विष्ट, दोस्रो खेलमा पनि गरे उत्कृष्ट ब्याटिङ

काठमाडौं, ११ फागुन : भारतमा जारी विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि जय विष्ष्टले उत्कृष्ट ब्याटिङ गरेका छन् ।

उत्तराखण्डको टिमबाट खेलिरहेका उनले आज मणिपुरविरुद्ध ६१ बलमा दुई छक्का र आठ चौकासहित ७१ रन बनाए ।

पहिलो खेलमा जयले १ सय १९ बलमा १८ चौका र तीन छक्का हिर्काउँदै अविजित १४१ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले सोही लय दोस्रो म्याचमा पनि कायम राखेका छन् ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मणिपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

उसका लागि जयन्त सागतमपले ३२, एलकिशन सिंहले २९, कगंम सिंहले १९ रन बनाए । अन्यको प्रदर्शन सम्झनलायक रहेन ।

बलिङमा मयंक मिश्रा, अब्दुल अब्दुल्लाह र आकाश मारहवाले सर्वाधिक दुई/दुई विकेट लिए ।

को हुन् जय विष्ट?

जयको पुख्र्यौली घर सुदूरपश्चिमको अछाम हो । उनको परिवार सन् १९५० मा मुम्बई आएर त्यतै सेटल भएको हो । उनीहरूको घर वाङ्खडे रंगशाला नजिकै रहेको छ । जयका पिता गोकुल विष्ट आफैँ पनि क्रिकेटर हुन् ।

ओपनिङ ब्याट्सम्यान तथा अफ स्पिनरका रूपमा टिममा स्थान बनाएका जयले भारतको प्रतिष्ठित रणजी ट्रफी पनि खेलिसकेका छन् । धेरै वर्षदेखि उमेर समूहको क्रिकेटमा उनले एकनासको प्रदर्शन गर्दै आएका थिए ।

प्रथम श्रेणी क्रिकेटमा जयले २४ म्याचको ४७ इनिङ्समा चार शतक चार अर्धशतक बनाएका छन् । प्रथम श्रेणी क्रिकेटमा उनको उच्च स्कोर १३५ रन हो ।

त्यस्तै, २५ वर्षीय जयले १५ लिस्ट ‘ए’ मा तीन अर्धशतक र एक शतक बनाएका छन् । लिस्ट ‘ए’ मा उनको उच्च स्कोर १ सय ४१ रन हो ।

त्यस्तै, जयले २८ टी-२० मा सात अर्धशतकका साथ ९ सय २ रन बनाएका छन् । टी-२० मा उनको उच्च स्कोर ९२ रन हो ।

जयले मुम्बईबाट अन्य घरेलु प्रतियोगिता खेलिसकेका छन् । उनले भारतका कयौँ चर्चित क्रिकेटरका साथ प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका छन् ।

The post लयमा नेपाली मूलका जय विष्ट, दोस्रो खेलमा पनि गरे उत्कृष्ट ब्याटिङ appeared first on बझाङ न्युज.



Source link

Other Articles

Leave a Reply