श्रीलंकाले मलिंगालाई कप्तानबाट हटायो, यी खेलाडीले पाए जिम्मेवारी

काठमाडौं, ११ फागुन : श्रीलंका क्रिकेट बोर्डले टी-२० टिमको कप्तानमा अलराउन्डर दसुन सनाकालाई नियुक्त गरेको छ । बोर्डले लसिथ मलिंगालाई हटाउँदै २९ वर्षीय अलराउन्डर शनाकालाई टी-२० टिमको कप्तानमा नियुक्त गरेको हो ।

शनकाले यसअघि पनि टी-२० टिमको कप्तानी गरिसकेका छन् । उनको कप्तानीमा श्रीलंकाले सन् २०१९ मा पाकिस्तानविरुद्ध खेलेका थियो । पाकिस्तानविरुद्धको तीन खेलको सो सिरिज श्रीलंकाले ३-० ले क्लिन स्विप गरेको थियो ।

शनकाले विभिन्न घरेलु प्रतियोगिताका साथै लिगमा समेत टिमको कप्तानीसमेत गरिसकेका छन् । उनले श्रीलंकाका लागि ४० टी-२०, २२ ओडीआई र ६ टेष्ट म्याच खेलिसकेका छन् ।

यसैबीच, श्रीलंकाले वेष्ट इण्डिजसँगको टी-२० र वानडे सिरिजका लागि टिम घोषणा गरेको छ । टी-२० टिममा लसिथ मलिंगालाई मौका दिइएको छैन ।

श्रीलंका र वेष्ट इण्डिजबीच चार मार्चदेखि तीन टी-२०, तीन वानडे र दुई म्याचको टेष्ट सिरिज सुरु हुनेछ ।

वेष्ट इण्डिजविरुद्ध वानडे र टी-२० सिरिज खेल्ने श्रीलंकाको टिम : दिमुथ करुणारत्ने (वानडे कप्तान), दसुन शनाका (टी-२० कप्तान), दनुष्का गुणथिलाका, पथम निसानका, एशेन भन्डारा, ओशदा फर्नान्डो, दिनेश चन्डीमल, एन्जेलो म्याथ्यूज, निरोशन डिकवेला, थिसारा परेरा, कमिन्दु मेन्डिस, वानिन्दु हसरंगा, रमेश मेन्डिस, नुवान प्रदीप, असिता फर्नांडो, दुश्मन्था चमेरा, अकिला धनन्जय, लक्षण सदाकन, दिलशान मदुशंका र सुरंगा लकमल ।

The post श्रीलंकाले मलिंगालाई कप्तानबाट हटायो, यी खेलाडीले पाए जिम्मेवारी appeared first on बझाङ न्युज.



Source link

Other Articles

Leave a Reply