
आईपीएल ‘अक्सन’मा नाम नै उच्चारण नगरिएका ४ चर्चित क्रिकेटर
काठमाडौं, ११ फागुन : आईपीएल २०२१ का लागि गत बिहीबार चेन्नईमा भएको अक्सनमा कयौँ स्टार क्रिकेटर ‘अनसोल्ड’ भए । उत्कृष्ट लयका बाबजुद पनि केही क्रिकेटर यो पटक पनि ‘अनसोल्ड’भएका हुन् ।
अक्सनमा सहभागी २ सय ९२ क्रिकेटरमध्ये धेरैको नाम उच्चारण गरिएको थियो । तर, अक्सनको अन्तिम सूचीमा परेका केही चर्चित खेलाडीको भने नाम उच्चारण गरिएन ।
यसैबीच आज अक्सनको अन्तिम सूचीमा अटाउँदा पनि नाम नै उच्चारण नगरिएका चर्चित चार क्रिकेटरको बारेमा चर्चा गर्दैछौँ :
वेष्ट इण्डिजका अलराउन्डर शेरफन रदरफोर्डले २०१९ को अक्सनमा २ करोड भारुका साथ टिममा अनुबन्ध गरेको थियो । २०१९ को सिजनमा उनले ७ म्याच खेल्दा सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।
रदरफोर्डलाई गत सिजनमा दिल्लीले मुम्बई इण्डियन्सलाई बेचेको थियो । मुम्बईले उपाधि जित्दा पनि उनी भने सिजन अवधिभर बेन्चमै सीमित भए । मुम्बईले यो पटक उनलाई रिलिज गरेको थियो ।
रदरफोर्ड १४औँ सिजनको आईपीएल अक्सनको अन्तिम सूचीमा पनि अटाएका थिए । तर, अक्सन अवधिभर उनको नाम नै उच्चारण गरिएन ।
२. मोर्ने मोर्कल : अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका तीव्र गतिका बलर आईपीएलमा कुनै समयका स्टार बलरमध्ये एक हुन् । तर, यो पटक भने अक्सनको अन्तिम सूचीमा उनको नाम हुँदा पनि उच्चारण नै गरिएन ।
मोर्कलले २००९ देखि २०१६ सम्म लगातार आईपीएल खेलेका थिए । त्यसयता भने उनलाई कुनै टिमले अनुबन्ध गरेका छैनन् ।
मोर्कलले यसअघि दिल्ली डेयरडेभिल्स, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर)बाट आईपीएल खेलिसकेका छन् ।
३. टिम साउदी : न्यूजिल्याण्डका चर्चित तीव्र गतिका बलर टिम साउदी अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार खेलाडीका रूपमा परिचित छन् । तर, आईपीएलमा भने उनको प्रदर्शन खास हुन सकेको छैन ।
चार टिमबाट खेल्दा पनि साउदीले आईपीएलमा आफ्नो लय देखाउन सकेका छैनन् । यो पटकको अक्सनको अन्तिम सूचीमा पनि उनको नाम समावेश थियो । तर, अक्सन अवधिभर उनको नाम नै उच्चारण भएन ।
५. मुशफीकुर रहीम : बंगलादेशका अनुभवी विकेटकीपर/ब्याट्सम्यान मुशफीकुर रहीमले पहिलो सिजनदेखि आईपीएल २०१४ को अक्सनसम्म आफ्नो नाम दर्ता गराए ।
वर्तमान अन्तर्राष्ट्रिय क्रिकेटमा उनी टप-५ विकेटकीपर/ब्याट्सम्यानमध्येमा पर्छन् । यो पटक पनि रहीमको नाम आईपीएल अक्सनको अन्तिम सूचीमा अटाएको थियो । तर, उनको नाम पनि अक्सन अवधिभर उच्चारण भएन ।
The post आईपीएल ‘अक्सन’मा नाम नै उच्चारण नगरिएका ४ चर्चित क्रिकेटर appeared first on बझाङ न्युज.