धादिङ जिल्ला स्तरीय टी२० : धादिङ समाजलाई उपाधी

धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिता धादिङ समाज धादिङ नीलकण्ठले जितेको छ ।

फागुन ७ गते देखि बेनीघाट रोराङ स्थित चन्द्रोदय माविको खेल मैदानका भएको यस प्रतियोगितामा त्रिपुरासुन्दरी क्रिकेट टिमलाई पराजित गर्दै धादिङ समाज धादिङ नीलकण्ठ प्रथम भएको हो ।

त्रिपुरासुन्दरीको ११० रनको टारगेट पछ्याएको धादिङ समाज धादिङले ८ विकेटले जित हासिल गरेको हो । यो सँगै धादिङ समाज धादिङले नगद २५ हजार पुरस्कार शिल्ड मेडल र प्रमाण पत्र पायो ।

यो सँगै उप विजेतामा चित्त बुझाएको त्रिपुरासुन्दरी क्रिकेट टिमले नगद १५ हजार मेडल र प्रमाण पत्र पायो भने मलेखु क्रिकेट टिम सान्तोना हुँदै मेडल र प्रमाण पत्र पायो ।

प्रतियोगितामा धादिङ समाज धादिङका सुजित श्रेष्ठ खेल अवधीको ९ खेल मध्य ३ खेलमा प्लेयर आफ द म्याचमा बन्दै प्रति म्याच ५०० नगद र प्रमाण पत्र हात परे । उनै सुजित श्रेष्ठ प्रतियोगिता भरमा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्समेन र उत्कृष्ट खेलाडीको तीन शिर्षकको सबै पुरस्कार जितेका थिए ।



Source link

Other Articles

Leave a Reply