आईपीएल अक्सन : नेपालबाट सन्दिपलाई मात्र बोलि लाग्ने, बेस प्राईस ४० लाख भारु

यही फेब्रुअरी १८ तारिखमा भारतको चेन्नाईमा आयोजना हुने इन्डियन प्रिमियर लिग ( आईपीएल ) को मिनी अक्सनमा २९२ क्रिकेटर माथि बोलि लाग्ने भएको छ।

आईपीएलले बिहिबार राति प्रेस बिज्ञप्ति जारि गर्दै कुल १,११४ जनाले अक्सनको लागि नाम दर्ता गरेता पनि अक्सनमा सहभागी हुने आईपीएलका ८ वटा फ़्रेन्चाइजहरुले रुची देखाएका खेलाडीहरुको आधारमा खेलाडी संख्या घटाइएको बताएको छ। टिमहरुले आफुले बोलि लगाउन चाहेका खेलाडीहरुको सुची दिएपछि उनीहरुलाई मात्र अक्सनमा बोलि लाग्नेछ।

नेपालबाट अक्सनको लागि सन्दिप लामिछाने सहित बिनोद भण्डारी, करन केसी, सोमपाल कामि, कुशल मल्ल, शरद भेसावकर, अविनाश बोहरा र दिपेन्द्र ऐरीले अक्सनमा नाम दर्ता गराएका थिए। नेपाल क्रिकेट संघमार्फत खेलाडीहरु दर्ता भएका थिए। पहिलो पटक सन्दिप बाहेक अन्य खेलाडीहरु आईपीएलमा दर्ता भएता पनि सन्दिप बाहेक अन्य खेलाडीमा टिमहरुले चासो नदेखाएका हुन्।

आईपीएलले बोलकबोलमा प्रस्तुत हुने खेलाडीको संख्या घटाउदा नेपालबाट सन्दिप लामिछाने मात्र अन्तिम सुचीमा स्थान बनाउन सफल भएका छन्। आईपीएलले जारि गरेको सुचीमा सन्दिपको नाम ६१ औं नम्बरमा रहेको छ।

आईपीएलको मिनी अक्सन फेब्रुअरी १८ तारिखमा अओजना हुनेछ

सन्दिपले यो पटक आफ्नो बेस प्राइस ४० लाख भारतीय रुपैयाँ ( ६४ लाख नेपाली रु. ) राखेका छन्। २०१८ मा सन्दिपलाई दिल्लीले प्रति सिजन २० लाख भा.रु. दिने गरि अक्सनमार्फत टिममा भित्र्याएको थियो। यो सिजन सन्दिपलाई टिमहरुले ४० लाख भारुबाट बोलि लगाउन सुरु गर्नेछन्। दिल्लीसंग ३ वर्षे अनुबन्ध अवधि समाप्त भए पछि यो सिजन दिल्लीले […]

The post आईपीएल अक्सन : नेपालबाट सन्दिपलाई मात्र बोलि लाग्ने, बेस प्राईस ४० लाख भारु appeared first on wicketnepal.com.

Source link

Other Articles

Leave a Reply