
त्रिकोणात्मक एक दिवसीय शृखंलाको अभ्यास शुरु – wicketnepal
नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका,ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृखंलालाई लक्ष्य राखेर अभ्यास थालेको छ । खुला प्रतिस्पर्धाबाट नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास थालनि गरेका छन् ।
एक साता अघि मात्र सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनमा नेपाल क्रिकेट संघ (क्यान)ले ३२ नाम सार्वजनिक गरे पनि सुरुआती चरणमा २१ खेलाडी प्रारम्भिक अभ्यासमा बोलाएर अभ्यास थालेको हो । आगामी मार्च महिनाका लागि नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा ओमान, अमेरिका र नेपालले त्रिकोणात्मक शृखंला खेल्दै छन । विश्व भर महामारीको रुपमा लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाली क्रिकेट तालिका अनुसार अगाडि बढ्न सकेको थिएन । ओमानमा हुने शृखंलालाई लक्ष्ति गरेर सुरुआती चरणमा प्रारम्भिक टोलीलाई अभ्यासमा थालेको नव नियुक्त प्रशिक्षक डेभ वाटमोरले बताए । …
The post त्रिकोणात्मक एक दिवसीय शृखंलाको अभ्यास शुरु appeared first on wicketnepal.com.