अन्तिम खेलमा कुशलले आज मौका पाउने सम्भावना कति ?

यूएईमा जारी चौथो संस्करणको टी–१० लिगअन्तर्गत आजको पहिलो खेलमा टिम आबुधाबी र कलन्दर्स खेल्दै छन्।

तेस्रो स्थानका लागि आबुधाबी र कलन्दर्स खेल्न लागेका हुन्। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ बजेदेखि सुरु हुनेछ। पहिलो एलिमिनेटरमा आबुधाबीसँग पराजित भएपछि कलन्दर्स प्लेअफमै रोकिएको थियो।

आबुधाबी गएराति भएको खेलमा दोस्रो एलिमिनेटरमा नर्थन वारियर्ससँग पराजित भएपछि तेस्रो स्थानका लागि कलन्दर्सविरुद्ध खेल्न लागेको हो।

आबुधाबीमा नेपाली राष्ट्रिय टिमका अलराउन्डर कुशल मल्ल पनि आवद्ध छन्। उनले प्लेइङ–११ मा मौकामा हालसम्म मौका पाएका छैनन्।

तर, आजको खेलमा भने कुशलले प्लेइङ–११ मा स्थान बनाउने सम्भावना छ। टोली फाइनल पुग्न नसकेपछि युवा खेलाडीहरुलाई आज आबुधाबीले मौका दिन सक्छ।

कलन्दर्सको सम्भावित प्लेइङ ११ :

टम ब्यान्टन, शार्जिल खान, सोहेल अख्तर (कप्तान), आसिफ अली, बेन डंक (विकेटकीपर), समित पटेल, क्रिस जोर्डन, सोहेल तनवीर, सुल्तान अहमद, डानियल अहमद र आजमतुल्लाह मिर्ज ।

आबुधाबीको सम्भावित प्लेइङ ११ :

पउल स्टर्लिङ, ल्युकी राइट (कप्तान), बेन डकेट (विकेटकीपर), जो क्लार्क, कुशल मल्लररोहन मुस्तफा, नजीबुल्लाह जर्दान, नवीनउल हक, पलानियाप्पन मेयायप्पन, लियोनार्डो जुलियन र ओवेड म्याक्यो ।

Source link

Other Articles

Leave a Reply