सिरहा र बारा बिजयी – CricPati


क्रीकपाटी १ पुस राजबिराज ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अर्न्तगत दोश्रो दिनको खेलमा सिरहाले महोतरीलाई तथा बाराले सर्लाहीलाई पराजित गरेको छ ।

राजरंगशाला संचालित पहिलो खेल अर्न्तगत महोतरीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ४ बिकेटको नोक्सानीमा १ सय २९ रनको योगफल तयार पारेका थिए । महोतरीका लागि शोभा आलेले ३२ बलमा ४ चौक्काको मद्धतले ३८ रन तथा बिमला मगरले २९ बलमा २ चौक्काको मद्धतले २४ रनको योगदान दिएका थिए । बलिंग तर्फ सिरहाका सन्तोषि चौधरी र कविता गौतमले सामान १ बिकेट लिएका थिए ।

१ सय ३० रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले उक्त लक्ष्य सजिलै १ बिकेटकै नोक्सानीमा प्राप्त गरेका थिए । सिरहाका लागि आरति चौधरीले प्रतियोगिताकै पहिलो अर्धशतक बनाउदै ५८ बलमा ९ चौक्काको मद्धतले ४२ रनको योगदान दिएका थिए भने आरती चौधरी ४६ बलमा ३२ तथा सरस्वती चौधरी १५ रनमा नटआउट रहेका रहेका थिए । बलिंग तर्फ एक मात्र बिकेट महोतरीका गोमा आलेले प्राप्त गरेका थिए ।
खेलमा उत्कृष्ट ब्याटिंग गरेका सिरहाका अनुराधा चौधरीलाई म्यान अफ द म्याच प्रदान गरियो ।

बुधवारनै सम्पन्न एक अर्को खेलमा सर्लाहीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १५ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई ६९ रनको योगफल तयार पारेका थिए । सर्लाहिका लागि कुनै पनी खेलाडिले दोहोरो अंक छुन सकेका थिएन भने अतिरिक्त रनको रुपमा ५५ रन प्राप्त गरेका थिए । बलिंग तर्फ बाराका साना प्रबिनले उत्कृष्ट बलिंग गर्दै ५ ओभरमा १ मेडन सहित ८ रन दिई ५ बिकेट प्राप्त गरेका थिए भने चान्दनी अधिकारीले ५ ओभरमा १५ रन दिई ५ बिकेट प्राप्त गरेका थिए ।

७० रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको बाराले उक्त लक्ष्य सजिलै ६ ओभर ५ बलमा बिना बिकेट गुमाई प्राप्त गरेका थिए । बाराका लागि साना प्रबिनले ३० बलमा १ चौक्का सहित २० रनमा नटआउट रहेका थिए भने अतिरिक्तको रुपमा ५६ रन प्राप्त गरेका थिए ।
खेलको म्यान अफ द म्याच बाराका साना प्रबिन भएका थिए ।





Source link

Other Articles

Leave a Reply